धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले पहिलोपटक अग्रता लिएका छन्।
उनले श्रम संस्कृति पार्टीका सान बहादुर राईलाई उछिन्दै अग्रता कायम गरेका हुन्।
पछिल्लो मतपरिणाम अनुसार एमालेका राईले ९ हजार ९५४ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सान बहादुर राईले ७ हजार १९१ मत पाएका छन्।
तेस्रो स्थानमा नेपाली कांग्रेसका दिनेश राई छन्। उनले ६ हजार १०७ मत प्राप्त गरेका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ५ हजार १९१ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका धर्मा राज पौडेलले १ हजार १४५ मत पाएका छन्।
अघिल्लो निर्वाचनमा धनकुटाबाट एमालेका राजेन्द्र कुमार राई निर्वाचित भएका थिए। यसपटक भने उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवारले चुनौती दिइरहेका छन्।