सुनसरी-१ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले आफ्ना प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै लगेका छन्। सुरुवाती मतगणनामा पछि परेका साम्पाङ अहिले भने झन्डै २ हजार मतले अघि छन्।
पछिल्लो मतपरिणाम अनुसार उनले ७ हजार ८१३ मत प्राप्त गरेका छन्।
उनका निकटम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले ५ हजार ८७१ मत पाएका छन्।
सुनसरी-१ मा सुरुवाती चरणमा रास्वपाका तामाङले अग्रता लिएका थिए। तर पछिल्लो मतपरिणाममा उनलाई साम्पाङले उछिनेका छन्।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराईले १ हजार ४७३ मत प्राप्त गर्दा एमालेका टिका राम लिम्बूले १ हजार २१४ मग पाएका छन्।
यसअघि हर्क साम्पाङ धरान उपमहानगरपालिकाका मेयर थिए।
प्रतिनिधि सभा निर्वाचनमा भाग लिन भन्दै उनले पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गरेका थिए।