नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा झण्डै ४ प्रतिशत मत प्राप्त गरेको छ।
काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूले प्राप्त गरेको मतलाई आधार मान्दा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा ५ प्रतिशतभन्दा तल खुम्चिएको हो।
निर्वाचन आयोगको वेबसाइटमा उल्लेख भएको तथ्याङ्कअनुसार काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको ४ लाख ६३ हजार ३ सय ४२ मत सदर भएको छ। जसमध्ये नेकपाका उम्मेदवारले १८ हजार ३ सय ४३ मत प्राप्त गरेका छन्। जुन ३ दशमवलव ८९ प्रतिशत हुन आउँछ।
निर्वाचन अघि प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधवकुमार नेतृत्वको एकीकृत समाजवादी पार्टीसहित २० भन्दा धेरै साना वाम घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो। यसरी बलियो वामपन्थी शक्तिका रूपमा निर्वाचनमा होमिएको नेपाली कम्युनिष्ट पार्टी राजधानी काठमाडौंमा जमानत जोगाउन असफल भएको हो।
सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारले मनोनयन दर्ता गर्दा राखेको धरौटी रकमलाई जमानत भनिन्छ। निर्वाचन आयोगले १० प्रतिशतभन्दा कम मत ल्याउने व्यक्तिको यस्तो जमानत रकम फिर्ता गर्दैन। त्यसैले यसलाई जमानत जफत भनिन्छ।
काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले हजार मत पनि पुर्याउन सकेको छैन।
काठमाडौं १ मा नेकपाका उम्मेदवार मेनुका भण्डारीले ३ सय ४५ मत मात्र ल्याएका छन्। उनी सातौं स्थानमा छिन्। पहिलो रास्वपा, दोस्रो कांग्रेस, तेस्रो राप्रपा, चौथो एमाले, पाँचौ उज्यालो नेपाल र छैटौंमा श्रम संस्कृति पार्टी रहेको छ।
काठमाडौं ३ मा निरज लामाले ५ सय १८ मत प्राप्त गरेका छन्। उनी छैठौँ स्थानमा छन्। पहिलो रास्वपा, दोस्रो उज्यालो नेपाल, तेस्रो नेपाली कांग्रेस, चौथो एमाले र पाचौँ राप्रपा छ।
काठमाडौं ४ मा इन्द्रकुमार भुसालले ६ सय ५७ मत प्राप्त गरेका छन्। उनी सातौँ स्थानमा छन्। पहिलो रास्वपा, दोस्रो कांग्रेस, तेस्रो एमाले, चौथो राप्रपा, पाचौँ उज्यालो नेपाल र छैटौंमा श्रम संस्कृति पार्टी छ।
काठमाडौं ५ मा कल्पना शर्माले ५ सय ७४ मत प्राप्त गरेका छन्। उनी सातौँ स्थानमा छिन्। पहिलो रास्वपा, दोस्रो कांग्रेस, तेस्रो एमाले, चौथो राप्रपा, पाँचौ उज्यालो नेपाल पार्टी र छैटौं श्रम संस्कृति पार्टी छ।
काठमाडौं २ मा नेकपाका उम्मेदवार नितेश पौडेलले १ हजार ९ सय १२ मत प्राप्त गरेका छन्। उनी पाँचौ स्थानमा छन्। रास्वपाका सुनिल केसी विजयी भएको यो क्षेत्रमा दोस्रोमा कांग्रेस, तेस्रोमा राप्रपा, चौथोमा एमाले छ।
काठमाडौं ६ मा हिमाल शर्मा (हेमलाल) ले १ हजार १ सय ६४ मत प्राप्त गरेका छन्। उनी माओवादी केन्द्रका विद्यार्थी संगठनका अध्यक्ष भइसकेका व्यक्ति हुन्। उनी त्यहाँ पाँचौ स्थानमा छन्। पहिलो रास्वपा, दोस्रो कांग्रेस, तेस्रोमा एमाले र चौथोमा राप्रपा छ।
काठमाडौं ७ मा बसन्त मानन्धरले ३ हजार ६ सय ६७ मत प्राप्त गरेका छन्। उनी तेस्रो स्थानमा छन्। पहिलो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी र दोस्रो स्थानमा नेपाली कांग्रेस छ।
काठमाडौं ८ मा सुमन सायमीले ३ हजार २ सय १७ मत ल्याएका छन्। उनी त्यहाँ दोस्रो स्थानमा छन्। पहिलो स्थानमा विराजभक्त श्रेष्ठ छन्। विराजभक्तले सुमनको तुलनामा ८ गुणा बढी मत ल्याएका छन्।
काठमाडौं ९ मा राधाकृष्ण महर्जनले १ हजार ३ सय २८ ल्याएका छन्। उनी त्यहाँ छैटौं स्थानमा छन्। रास्वपा पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो, राप्रपा चौथो र उज्यालो नेपाल पार्टी पाचौँ छन्।
काठमाडौं १० मा रुपा महर्जनले २ हजार ६ सय ४८ मत ल्याएकी छिन्। उनी त्यहाँ चौथो स्थानमा छिन्। रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो छ।
नेकपाले काठमाडौं ७ र ८ मा मात्रै ३ हजार मत कटाएको छ। २०६४ सालमा तत्कालिन नेकपा माओवादीले काठमाडौंका ४ क्षेत्र जितेको थियो। काठमाडौं १० बाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विजयी भएका थिए।
त्यसबाहेक काठमाडौं २ मा झक्कु सुवेदीले नेकपा एमालेका तत्कालिन महासचिव माधवकुमार नेपाललाई हराएका थिए। काठमाडौंको ६ बाट हितेन्द्रदेव शाक्य र ७ बाट हिसिला यमी विजयी भएका थिए।
तर २०७० को निर्वाचनमा एकीकृत नेकपा माओवादीले कुनै पनि सिट जित्न सकेन। २०७४ सालमा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र चुनाव लडेको थियो। तर कुनै पनि सिटबाट जित्न सकेन। माओवादीका तर्फबाट काठमाडौं १० बाट हितमान शाक्य र काठमाडौं ६ बाट झक्कु सुवेदीले उम्मेदवारी दिएपनि जित्न सकेनन्।
२०७९ मा सालमा नेपाली कांग्रेससँगको गठबन्धनमा माओवादी केन्द्रले दुई क्षेत्रमा उम्मेदवारी दिएको थियो। काठमाडौं ९ मा कल्पना धमला र काठमाडौं ७ मा मानुषी यमी भट्टराई उम्मेदवार थिए। तर दुबैले जित्न सकेनन्।
काठमाडौंमा खुम्चदै गएको माओवादी यसपटक नेकपाका रुपमा एकीकृत समाजवादी पार्टीका नेता र कार्यकर्तालाई समेट्दै अघि बढ्न खोजे पनि सफल हुन भने सकेन।
|
Constituency
|
Candidate Name
|
Votes
|
Percentage
|
|
Kathmandu 1
|
Menuka Bhandari
|
345
|
1.19%
|
|
Kathmandu 2
|
Nitesh Poudel
|
1,912
|
3.35%
|
|
Kathmandu 3
|
Niraj Lama
|
518
|
1.24%
|
|
Kathmandu 4
|
Indra Kumar Bhusal
|
657
|
1.35%
|
|
Kathmandu 5
|
Kalpana Sharma
|
574
|
1.14%
|
|
Kathmandu 6
|
Hem Lal Sharma
|
1,164
|
2.73%
|
|
Kathmandu 7
|
Basanta Prasad Manandhar
|
3,667
|
7.69%
|
|
Kathmandu 8
|
Suman Sayami
|
3,217
|
8.83%
|
|
Kathmandu 9
|
Radha Krishna Maharjan
|
1,328
|
2.49%
|
|
Kathmandu 10
|
Rupa Maharjan (Shrestha)
|
2,648
|
4.71%
|
|
DISTRICT TOTAL
|
|
18,030
|
3.89%
|