प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा खोटाङमा नयाँ दल श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई अग्रस्थानमा देखिएका छन्।
पछिल्लो मतपरिणामअनुसार पार्टीका महासचिव राईले ४ हजार ७ सय ७४ मत प्राप्त गर्दै प्रतिस्पर्धामा अघि छन्।
उनीसँगै प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राईले ४ हजार ३ सय ७२ मत ल्याएका छन्।
यस्तै, नेकपा (एमाले) का उम्मेदवार देव विक्रम राईले ३ हजार ९ सय ९२ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार हरि रोकाले २ हजार ८ सय ८ मत पाएका छन्।
मतगणनाको प्रारम्भिक चरणदेखि नै श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले अग्रता कायम राख्दै आएका छन्।