नेकपा एमालेले काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा निकै कमजोर देखिएको छ।
२०७९ सालको निर्वाचनमा नेकपा एमालेका काठमाडौं ९ बाट कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए।
एमाले उम्मेदवारहरू बाँकी क्षेत्रमा पनि प्रतिस्पर्धामा थिए। तर यसपटकको निर्वाचनमा सिट जित्नु त परको कुरा एमालेले दोस्रो समेत हुन सकेन। एमालेका उम्मेदवारहरू तेस्रो र चौथो स्थानमा रहे।
एमालेका उम्मेदवारमध्ये केवल दुई जनाको मात्र जमानत जोगिएको छ। निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा राखेको धरौटीलाई जमानत भनिन्छ। यस्तो रकम १० प्रतिशत मत नल्याउने उम्मेद्वारले फिर्ता पाउँदैनन। निर्वाचन आयोगले जफत गर्छ।
एमालेका १० उम्मेदवारमध्ये काठमाडौं ४ का राजन भट्टराई र काठमाडौं ६ का अमनकुमार मास्केले मात्र १० प्रतिशत मत प्राप्त गरेका छन्। बाँकी सबैको जमानत जफत भएको छ। नेकपा एमालेका उम्मेदवारहरूले काठमाडौंमा ३९ हजार ८ सय ९२ भोट ल्याएका छन्। जुन ८ दशमवल ६१ प्रतिशत हुन आउँछ।
२०४८ सालमा ५ वटा सिटमध्ये ४ वटा सिटमा नेकपा एमाले विजयी भएको थियो। एमाले महासचिव मदन भण्डारीले काठमाडौं १ र ५ बाट जितेका थिए। उनले तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौं १ मा पराजित गरेका थिए। २०५१ सालमा निर्वाचन क्षेत्रको संख्या बढेर सात पुग्यो। त्यतिबेला सबै सिटमा एमालेका उम्मेदवार विजयी भएका थिए। २०५६ सालमा सात मध्ये पाँच वटा सिटमा एमालेका उम्मेदवारले जित हात पारेका थिए।
२०६४ सालमा एमालेले कुनै पनि सिट जित्न सकेन। त्यतिबेला बागमती अञ्जलमा नेकपा एमालेले केवल १ सिट जितेको थियो। २०७० सालमा नेकपा एमालेले ३ सिटमा विजयी भएको थियो। तर माधवकुमार नेपालले जितेको काठमाडौं २ पछि छाडेका थिए। त्यहाँ उपनिर्वाचनमा कांग्रेसले जित हात पारेको थियो।
२०७४ सालमा काठमाडौंमा नेकपा एमालेले ६ सिट जितेको थियो। काठमाडौं २ बाट माधवकुमार नेपाल, काठमाडौं ३ बाट कृष्णबहादुर राई, काठमाडौं ५ बाट ईश्वर पोखरेल, काठमाडौं ७ बाट रामवीर मानन्धर, काठमाडौं ८ बाट जीवनराम श्रेष्ठ र काठमाडौं ९ बाट कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए।
२०६४ सालमा शुन्यबाट २०७४ मा ६ सिटमा पुगेको नेकपा एमाले २०८२ सालमा आइपुग्दा दोस्रो स्थानमा समेत नपर्ने अवस्थामा पुगेको छ।
काठमाडौं १ मा एमालेका मोहनराज रेग्मी चौथो स्थानमा छन्। उनले १ हजार ६ सय १८ मत प्राप्त गरेका छन्। काठमाडौं २ मा मणिराम फुयाल पनि चौथो स्थानमा छन्। उनले ४ हजार ७ सय ३९ मत प्राप्त गरेका छन्। काठमाडौं ३ मा रामेश्वर फुयालले ३ हजार ८ सय १६ मत प्राप्त गरेका छन्। उनी पनि चौथो स्थानमा छन्।
काठमाडौं ४ मा राजन भट्टराई तेस्रो स्थान प्राप्त गरेका छन्। उनले ५ हजार ७ सय ३३ मत ल्याए । काठमाडौं ५ मा ईश्वर पोखरेलले ४ हजार ७ सय १ मत प्राप्त गरेका छन्। उनी पनि तेस्रो स्थानमा छन्।
काठमाडौं ६ मा अमनकुमार मास्के तेस्रो स्थानमा छन्। उनले ४ हजार २ सय ६८ मत प्राप्त गरेका छन्। काठमाडौं ७ मा एमालेका प्रकाश श्रेष्ठले ३ हजार ५ सय ४४ मत ल्याएका छन्। उनी चौथो स्थानमा छन्। काठमाडौं ८ मा राजेश शाक्यले १ हजार ९ सय ९ मत प्राप्त गरेका छन्। उनी चौथो स्थानमा छन्। राप्रका उम्मेदवार र उनको मत बराबर छ।
काठमाडौं ९ मा अजयक्रान्ती शाक्यले ४ हजार ५ सय ८० मत प्राप्त गरेका छन्। उनी पनि तेस्रो स्थानमा छन्।
काठमाडौं १० मा विनोद श्रेष्ठ तेस्रो स्थानमा छन्। उनले ४ हजार ८ सय ६४ मत ल्याएका छन्।
काठमाडौका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ। काठमाडौं ३ र ८ बाहेक सबै क्षेत्रमा नेपाली कांग्रेस दोस्रो स्थानमा छ। काठमाडौं २ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ दोस्रो भएका छन् भने काठमाडौं ८ मा नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमी दोस्रो स्थानमा छन्।
एमाले उम्मेदवारहरूले एक हजार मत कटाएका छन्। तर राजन भट्टराई बाहेक कसैले पनि ५ हजार मत कटाउन सकेका छैनन्।
८ स्थानमा दोस्रो भएको कांग्रेका २ उम्मेदवारले ५ हजार मत कटाउन सकेका छैनन्। काठमाडौं ७ का प्रमोदहरि गुरागाँईले ३ हजार ९ सय ८२ र काठमाडौं ८ का सपना राज भण्डारीले २ हजार ८ सय ३५ मत ल्याएका छन्। तर ६ जना उम्मेदवारले ५ हजार मत कटाएका छन्। कांग्रेसका कुनै पनि उम्मेदवारले १० हजार मत ल्याएका छैनन्।
|
Constituency
|
Candidate Name
|
Votes
|
Percentage
|
Rank
|
|
Kathmandu 1
|
Mohan Raj Regmi
|
1,618
|
5.56%
|
4th
|
|
Kathmandu 2
|
Maniram Phuyal
|
4,759
|
8.35%
|
4th
|
|
Kathmandu 3
|
Rameshwar Phuyal
|
3,816
|
9.10%
|
4th
|
|
Kathmandu 4
|
Rajan Bhattarai
|
5,733
|
11.77%
|
3rd
|
|
Kathmandu 5
|
Ishwar Pokharel
|
4,701
|
9.36%
|
3rd
|
|
Kathmandu 6
|
Aman Kumar Maske
|
4,268
|
10.00%
|
3rd
|
|
Kathmandu 7
|
Prakash Shrestha
|
3,544
|
7.43%
|
4th
|
|
Kathmandu 8
|
Rajesh Shakya
|
1,909
|
5.24%
|
4th*
|
|
Kathmandu 9
|
Ajay Kranti Shakya
|
4,580
|
8.57%
|
3rd
|
|
Kathmandu 10
|
Binod Shrestha
|
4,864
|
8.65%
|
3rd
|
|
TOTAL
|
|
39,892
|
8.61%
|
|