राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं-५ मा निर्वाचित भएका सस्मित पोखरेलले आफ्ना प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार कल्पना शर्माको प्रशंसा गरेका छन्
सस्मितले ३० हजार ७३७ मत ल्याएर विजय भएका थिए।
यस क्षेत्रमा प्रतिस्पर्धीको रूपमा रहेकी कल्पना शर्माले ५७४ मत ल्याइन्। यही क्षेत्रमा हेभिवेट उम्मेदवारहरू कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा एमालेका ईश्वर पोखरेल र राप्रपाका कमल थापा पनि उम्मेदवार थिए।
सांसदमा निर्वाचित सस्मितले कल्पनाले निष्पक्ष ढंगले प्रतिस्पर्धा गरेको बताएकी छन्।
‘प्रिय कल्पना दिदी, हाम्रा धेरै राजनीतिक प्रतिस्पर्धीहरू हुनुहुन्थ्यो, तर तपाईंले सबैभन्दा निष्पक्ष ढङ्गले प्रतिस्पर्धा गर्नुभयो,’ उनले लेखेका छन्, ‘सकारात्मक अभियान, पारस्परिक सम्मान, कुनै अफवाह फैलाउने कार्य होइन, कुनै साइबर आक्रमण वा गलत प्रचार पनि होइन। तपाईंले केवल आफ्नै अभियानमा केन्द्रित हुनुभयो।’
उनले आफ्ना लागि शर्मा विजेता भएको बताए। उनले सँगै मिलेर काम गर्न प्रस्ताव समेत गरेका छन्।
‘मेरो लागि त तपाईं विजेता नै हुनुहुन्छ। अब सँगै मिलेर काम गरौँ है?,’ उनले लेखेका छन्।