नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्।
काठमाडौं-४ बाट पछिल्लो तीन पटक चुनाव जितेका थापा यसपालि मधेसको सर्लाही-४ मा उम्मेदवार बनेका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश सिंहले १२ हजार ८५७ मतले पराजित गरेका हुन्।
पछिल्लो मत परिणाम अनुसार अमरेशले ३५ हजार ६८८ मत ल्याउँदा गगनले २२ हजार ८३१ मत ल्याएका छन्।
यो हारसँगै कांग्रेस सभापति थापाको संसद यात्रामा ब्रेक लागेको छ।