सिराहा क्षेत्र नम्बर १ मा रास्वपाबाट बब्लु गुप्ता निर्वाचित भएका छन्।
गुप्ता ४१ हजार ३२२ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७८४ मत ल्याएका छन्।
त्यस्तै एमालेका राम शंकर यादवले ७ हजार ८८६ मत ल्याएका छन्।
गुप्ता अन्तरिम सरकारका युवा तथा खेलकुद मन्त्री थिए। उनले राजीनामा दिएर चुनाव लड्न गएका थिए।