नेकपा (एमाले)ले समानुपातिकतर्फ १० लाख मत कटाएको छ।
सोमबार बिहानसम्म झन्डै ७६ लाख समानुपातिक मत गणना हुँदा एमालेले १० लाख ४७ हजार ५१२ मत ल्याएको हो।
यो कुल गणना भएको मतको १४ प्रतिशत हो।
नेपाली कांग्रेसले १२ लाख ३८ हजार ३८१ मत पाएको छ। यो कुल गणना भएको मतको १६ प्रतिशत हाराहारी हो।
नेपाली कम्युनिस्ट पार्टीले भने अहिलेसम्म ५ लाख ३८ हजार २७० मत पाएको छ। यो ७ प्रतिशत हाराहारी हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले पनि अहिलेसम्म तीन प्रतिशत हाराहारीमा मत पाएको छ।
राप्रपाले २ लाख ५८ हजार ६६६ मत पाएको छ भने श्रम संस्कृति पार्टीले २ लाख ४० हजार ७६३ मत पाएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालले अहिलेसम्म १ लाख १० हजार १८५ मत मात्रै पाएको छ। त्यो भनेको १ प्रतिशत हाराहारी हुन आउँछ।
राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट र समानुपातिकतर्फ तीन प्रतिशत मत कटाउनुपर्छ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत पाएको छ।
उसले गणना भएकोमध्ये ३६ लाख ७२ हजार २६५ मत ल्याएको छ। त्यो भनेको ४८ प्रतिशत बढी हो।