इलाम-१ मा नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी र नेकपा (एमाले) बीच कडा टक्कर देखिएको छ।
सोमबार बिहान ९ बजेसम्म कांग्रेसका निश्कल राईले अग्रता लिइरहेका छन्। उनले ११ हजार १६५ मत प्राप्त गरेका छन्।
यहाँ उनलाई हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ दोस्रो स्थानमा छन्। उनले मतान्तर घटाइरहेका छन्। उनले अहिले १० हजार ८२५ मत ल्याएका छन्।
यहाँ कांग्रेस र श्रम संस्कृति पार्टीबीच ३४० मतको अन्तर मात्रै छ।
सुरूवातमा यहाँ एमालेका काजीमान कागतेले अग्रता लिइरहेका थिए। अहिले उनी तेस्रो स्थानमा आइपुगेका छन्। उनले १० हजार २३७ मत ल्याएका छन्।
कागते श्रम संस्कृतिका विनोदभन्दा ५८८ र निश्कलभन्दा ९२८ मतले पछाडि परेका छन्।