भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन्।
सोमबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै मोदीले यसबारे जानकारी दिएका हुन्।
मोदीले दुई नेतासँग 'न्यानो' वार्ता भएको भन्दै निर्वाचनमा उनीहरूको जित र रास्वपाले हासिल गरेको सफलताका निम्ति बधाइ दिएको बताएको छन्।
त्यस्तै आगामी नयाँ सरकार गठनका लागि आफूले शुभकामना दिएको उनले लेखेका छन्।
दुवै देशको आपसी समृद्धि, प्रगति र कल्याणका लागि भारत उनीहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश आफूले दिएको पनि मोदीले बताएका छन्।
'हाम्रो संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध नयाँ उचाइमा पुग्नेछ भन्नेमा म विश्वस्त छु,' उनले भनेका छन्।