राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सरेको छ।
यसअघि आज बस्ने भनिएको सचिवालय बैठक सारेर भोलि बिहानका लागि तय गरिएको रास्वपाले जनाएको छ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक मिति भोलि बिहान १० बजे बस्ने गरी तय गरिएको सचिवालयले भनेको छ।
बैठक काठमाडौँको वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारिस सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ। साथै बैठकमा अन्य विविध विषयमा पनि छलफल गरिने जनाइएको छ।