राप्रपाले समानुपातिकतर्फ ४ जना सांसद छानेको छ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक ४ सिटका लागि नाम सिफारिस गर्ने निर्णय गरेको हो।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार खसआर्य पुरूषतर्फ महोत्तरीका भरत गिरी, मुस्लिम पुरूषतर्फ रूपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरिएको हो।
यी नाम निर्वाचन आयोगमा पठाइएको छ।
राप्रपाले समानुपातिकमा ४ र प्रत्यक्षमा १ सिट जितेको छ।