अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेपाल आएका छन्।
पूर्वनिर्धारित कार्यक्रम अनुसार नै अमेरिकी सेनाको प्यासिफिक कमाण्ड (युएसएआरपिएसी)का डेपुटी कमान्डिङ जनरल, लेफ्टिनेन्ट जनरल जोएल भोवेल आइतबार काठमाडौं आइपुगेका हुन्।
उनी चैत ३ गतेसम्म नेपालमा रहने नेपाली सेनाले जनाएको छ।
उनले औपचारिक भेटघाटका साथै पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण समेत गर्नेछन्।
यस प्रकारको भ्रमणबाट दुई देशबिचको सम्बन्ध थप प्रगाढ हुनुको साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्य जस्ता क्षेत्रमा टेवा पुग्ने विश्वास नेपाली सेनाले जनाएको छ।