नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगको प्रतिवेदनका नाममा बाहिर आएको कुराले आयोगको अयोग्यता र पूर्वाग्रहलाई उजागर गरेको बताएका छन्।
महासचिव पोखरेलले अनुसन्धानका आधार पूर्वाग्रह र प्रतिसोध नभइ तथ्य र प्रमाण हुनुपर्ने बताएका हुन्।
‘कार्की आयोगको प्रतिवेदनका नाममा जे कुरा बाहिर आइरहेका छन् त्यसले आयोगका सदस्यको अयोग्यता र पूर्वाग्रहलाई उजागर गरिरहेको छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेको छन्, ‘पूर्वाग्रह र प्रतिसोध होइन, तथ्य र प्रमाण अनुसन्धानका आधार हुन्।’
भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो। आयोगले गत फागुन २४ गते प्रतिवेदन हस्तान्तरण गरिसकेको छ।