राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशन समिति अध्यक्ष पदबाट प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन्।
लोहनीले आज अध्यक्ष राजेन्द्र लिङ्देनसमक्ष राजीनामा बुझाएका हुन्।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले निराशाजनक परिणाम ल्याएको भन्दै उनले पदबाट राजीनामा दिएका छन्।
राप्रपाले प्रत्यक्ष र समानुपातिक गरी ५ सिट जितेको थियो।
उनले पार्टीको नेतृत्व तहका जिम्मेवार पदाधिकारीहरूले तत्काल मार्गप्रशस्त गर्नुपर्ने र तदर्थ समितिमार्फत् महाधिवेशन गर्नुपर्ने पनि बताएका छन्।
२०७८ सालमा भएको महाधिवेशनपछि अध्यक्ष लिङ्देनले पूर्वअध्यक्ष लोहनीलाई निर्देशन समिति अध्यक्षमा मनोनीत गरेका थिए।