ज्येष्ठ सदस्यको शपथ चैत ११ गते हुने भएको छ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य छन्। उनी ७८ वर्षका भए।
केसी समानुपातिकतर्फबाट सांसद भएका हुन्।
ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनेछन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार ज्येष्ठ सदस्य केसीको शपथ चैत ११ गते बिहान हुने तय भएको छ।
ज्येष्ठ सदस्यले प्रतिनिधि सभाका अरू सांसदहरूलाई शपथ खुवाउनेछन्।
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते गर्ने तय भएको संघीय संसद सचिवालयले जनाएको छ।