नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको घटनासम्बन्धी न्यायिक जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।
आइतबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको हो।
आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि सुशीला कार्की नेतृत्वको सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगर्दा आलोचना भइरहेको छ।
‘२०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटनाहरूबारे न्यायिक जाँचवुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगद्वारा बुझाएको जाँचवुझ प्रतिवेदन अविलम्व सार्वजनिक गर्न सरकारसँग यो बैठक माग गर्दछ,’ केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले भने।