नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चैत १० गते मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्नेछ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत्र १० गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूकोे उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ उनले आज निकालेको सूचनामा उल्लेख छ।
यसअघि कांग्रेस केन्द्रीय समिति बैठक आइतबार मात्रै सकिएको थियो।
फागुन २१ को चुनावको समीक्षा र चुनावी हारको पराजयलाई लिएर सभापतिबाट गगन थापाले दिएको राजीनामा बारे उक्त केन्द्रीय समितिमा छलफल भई थापाको राजीनामा अस्वीकृत भएको थियो।
थापाको राजीनामा अस्वीकृत भएपछि पुन: केन्द्रीय समिति बैठक बोलाइएको छ।