पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार खड्कालाई पक्राउ गरेको हो।
ब्युरोका प्रमुख एआइजी मनोजकुमार केसीले सम्पत्ति शुद्धीकरण अन्तर्गत अनुसन्धान गर्न पूर्वमन्त्री खड्कालाई पक्राउ गरिएको पुष्टि गरे।
भदौ २४ गते प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घर जलाइदिएका थिए।
उनको घरबाट लाखौं रूपैयाँ भेटिएको भन्दै पैसा उडाइएको भिडिओ पनि त्यतिबेला सार्वजनिक भएको थियो।
त्यसबारे अनुसन्धान गर्न खड्कालाई पक्राउ गरिएको एआइजी केसीले जानकारी दिए।