नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ।
वैशाख २ गते बस्ने गरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
उनकाअनुसार बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बैठक बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताएका छन्।
केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू छन्।
कांग्रेसले वैशाखभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने भनेको छ।
साथै वैशाख ४ गते संसदीय दल नेता चयन गर्ने गरी कार्यतालिका ल्याउने तयारीमा निर्वाचन समिति छ।
यो पनि: कांग्रेस क्रियाशील सदस्य बन्न आफै वडामा जानुपर्ने, शपथ खानुपर्ने