संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्ने भएको छ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा छलफल गर्न लागेको हो।
छलफल आज दिउँसो ३ देखि ५ बजेसम्म हुने भनिएको छ।
कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिने जानकारी दिए।
कार्यदलले यसअघि कानुनविदहरूसँग छलफल गरेको थियो।