मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिने ४ दलले निर्णय गरेका छन्।
कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादव मधेसमा मुख्यमन्त्री छन्।
आज बसेको सत्ता साझेदार दलहरूको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका हुन्।
कांग्रेसबाट दल नेता यादव, जसपा दल नेता सरोजकुमार यादव, नेपाली कम्युनिष्ट पार्टी दल नेता युवराज भट्टराई र लोसपा नेपाल दल नेता जयनुल राइनले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेका हुन्।
मधेसमा जनमत पार्टीभित्र विवाद देखा परेको छ। जनमतबाट सरकारमा २ जना मन्त्री छन्। पार्टीले संसदीय दल नेता परिवर्तन गरेर मन्त्रीहरूलाई फिर्ता आउन भनेको छ तर मन्त्रीहरूले अस्वीकार गरेका छन्।
यो पनि: जनमत पार्टीभित्र विवाद- मधेस सरकारलाई समर्थन कायमै र फिर्ताको पत्र