राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सार्वजनिक पदहरूमा पार्टी नेतालाई भनसुन गरी नियुक्ति दिलाउँछु कसैले भन्यो भने नपत्याउन आग्रह गरेका छन्।
पार्टीका मुख्य सचेतकसमेत रहेका बुर्लाकोटीले आउने स्थानीय तह निर्वाचनमा टिकट दिलाउँछु भनेको छ भने पनि नपत्याउन भनेका छन्।
‘यस प्रकारको बिचौलियापन पार्टीले प्रबर्द्धन गर्दैन र यो पार्टी नीतिविपरीत हो,’ उनले सामाजिक सञ्जाल फेसकुबमा भनेका छन्।