नेपाली कांग्रेसका सभापति गगन थापा छठ मनाउन सर्लाही गएका छन्।
आइतबार सभापति थापा सिमरा विमानस्थल हुँदै सर्लाहीतर्फ गएको उनको सचिवालयले जनाएको छ।
सिमरा विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपाललाई सकारात्मकता चाहिएको बताए।
‘छठको उपलक्ष्यमा सबैलाई शुभकामना छ, छठले सबै नेपालीलाई सकारात्मक हुने कुरालाई प्रेरणा मिलोस्, यतिधेरै नकरात्मकताले नेपाली समाज चल्न सक्दैन, त्यसैले नेपाललाई सकारात्मकता चाहिएको छ,’ उनले भने।
थापा गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ४ मा उम्मेदवार भई पराजित भएका थिए।