धवल शम्शेर राणासहित १८३ जना नेताहरूले पहिलो चरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका छन्।
काठमाडौं उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी र सदस्यहरू गरी १८३ जनाले पार्टी परित्याग घोषणा गरेका हुन्।
पदाधिकारीहरूमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री धवल शम्शेर राणा, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावती, धनसुर शाही, मीना शाही, दिलविकास राजभण्डारी, नानीमैया आचार्यलगायत छन्।
उनीहरू अधिकांशलाई अध्यक्ष राजेन्द्र लिङ्देनले यसअघि कारबाही गरेका थिए।
धवल शम्शेरले नयाँ पार्टी बनाउने तयारी गरेका छन्।
-1780559464.jpeg)
-1780559464.jpeg)

-1780559464.jpeg)

-1780559464.jpeg)