राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ३८ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ। यसमध्ये कतिपय जिल्लामा सर्वसम्मत कार्यसमिति चुनिएका छन्, अधिकांश जिल्लामा निर्वाचनमार्फत कार्यसमिति छानिएका छन्।
केन्द्रीय सदस्य आरके ढुंगानाका अनुसार बागमती प्रदेशका ९ वटा जिल्लामा अधिवेशन भएको छ। ८ वटा जिल्लामा कार्यसमिति टुंगो लागिसकेको छ। सिन्धुपाल्चोकमा आइतबार निर्वाचन हुँदैछ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ ९ गते चितवनमा हुँदैछ।
त्यसैका लागि रास्वपाले तहगत समितिको अधिवेशन गरिरहेको हो।
हालसम्म चुनिएका जिल्ला सभापतिहरू–