राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको जिल्ला अधिवेशनबाट सागर दाहाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
निर्वाचनमा दाहालले १४२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी मोहन निरौलाले ६२ मत पाए भने कृष्ण रौनियारले ७४ र चक्र विष्टले १० मत प्राप्त गरेका थिए।
उपसभापतिमा राजेशमान श्रेष्ठ ११७ मतसहित निर्वाचित भएका छन्। त्यसैगरी सचिव पदमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी चयन भएका छन्।
सदस्य पदमा लक्ष्मी सुवेदी, राजकुमारी मेहता, धर्मवीर आर्य र गोकुल थापा निर्वाचित भएका छन्।
लौकहीमा सम्पन्न अधिवेशनका क्रममा प्रतिनिधि विवाद चर्किएपछि शनिबार केहीबेर तनाव भएको थियो। हात हालाहाल र विवादका बीच धर्ना , धकेला धकेलसमेत भएको थियो। सोही अवस्थामै निर्वाचन प्रक्रिया अघि बढाएर नयाँ नेतृत्व चयन गरेको हो।