राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको प्रथम जिल्ला अधिवेशनबाट ओमनाथ भण्डारी सभापतिमा चयन भएका छन्।
बिर्तामोडमा स्पन्न अधिवेशनको चुनावी प्रतिस्पर्धामा मेचीनगरका भण्डारीले ३४१ मत ल्याएर जित हासिल गरेका हुन्।
सभापति पदका अन्य दुई दाबेदारमध्ये लक्ष्मण बस्नेतले २४७ मत पाउँदा अर्जुनकुमार मैनालीको पक्षमा २५ मत मात्रै खस्यो।
उपसभापति पदमा पुष्पलाल ढकाल विजयी भएका छन्।
उनले २१० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी शान्ता तामाङले १९८ मत ल्याइन्। सोही पदका अन्य उम्मेदवारहरू लिला खड्काले १११ र देव संग्रौलाले ९३ मत प्राप्त गरे।
यसैगरी, जिल्ला सचिव पदमा विरोध सुवेदी निर्वाचित भएका छन्। सुवेदीले ३६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रविन खड्काको पक्षमा २३५ मत परेको थियो।
सहसचिव पदमा ३५२ मतका साथ भिमबहादुर कुँवर निर्वाचित भए। उनका प्रतिस्पर्धीहरू राजेन्द्र खनालले १९३ र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत ल्याए।
जिल्ला अधिवेशनले झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि क्षेत्रीय सभापतिहरू समेत चयन गरेको छ।
जसअनुसार क्षेत्र नम्बर १ मा कमल गौतम, २ मा गोपाल कट्वाल, ३ मा कमल बानियाँ,४ मा लिलामाया बस्नेत र क्षेत्र नम्बर ५ मा चुणामणि पाठक चयन भएका छन्।