राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेशअन्तर्गत ८ जिल्लामा अधिवेशन सकिई नयाँ नेतृत्व चुनिएका छन्।
शनिबाट भएको जिल्ला अधिवेशनबाट काठमाडौंको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्। भक्तपुरको रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकको प्रविण ढकाल, सिन्धुलीमा अविनाश बस्नेत सभापति निर्वाचित भएका हुन्।
रामेछापको जिल्ला सभापतिमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सञ्जीव पाठक निर्वाचित भएका छन्।
चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन भइरहेको केन्द्रीय सदस्य आरके ढुंगानाले जानकारी दिएका छन्।
सिन्धुपाल्चोकमा हिजो सुरू भएको अधिवेशन विविध कारणले प्रक्रियामै रहेको पनि उनले बताएका छन्। एकभन्दा बढी आकांक्षी भएकाले त्यहाँ चुनावमार्फत् नेतृत्व चयन हुने सम्भावना देखिएको छ।