राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न आगामी जेठ २५ गते बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गरिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठक सार्वजनिक लेखा समितिको हल, संसद सचिवालय, सिंहदरबार, काठमाडौंमा हुनेछ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष/सभापति सहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको छ।
'सर्वदलीय बैठकको सूचना सहितको आमन्त्रण अनुरोध प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूमा पठाइसकिएको छ,' बुर्लाकोटीले भने, 'सबै दलबाट बैठकका लागि कन्फरमेसन भइसकेको छ।'
यसअघि सभामुख डोलप्रसाद अर्यालले दलका प्रमुख सचेतक, सचेतक लगायतलाई फोन गरेर सहजीकरणका लागि आग्रह गरेका थिए।