राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित भएका छन्।
रास्वपा खोटाङको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। विसं २०८१ पुस १३ गते भएको प्रथम जिल्ला भेलाबाट सभापतिमा निर्वाचित भएका थापा पुनः प्रथम जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।
रास्वपा खोटाङको उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन भएका छन्। जिल्ला कार्यसमितिको सचिवमा पर्शुराम थापा र सहसचिवमा राजन अधिकारी निर्वाचित भएका छन्।
त्यसैगरी, सदस्यहरुमा प्रकाश अधिकारी, केशरबहादुर श्रेष्ठ र चन्द्रबहादुर परियार निर्वाचित भएका छन्। ११ सदस्यीय जिल्ला कार्यसमिति रहने व्यवस्थाअनुसार नवनिर्वाचित जिल्ला कार्यसमितिको पहिलो बैठकले तीन महिला सदस्य चयन गर्ने बताइएको छ।
त्यसअघि प्रथम जिल्ला अधिवेशनको उद्घाटन पार्टीका सचिवालय सदस्य सरिता ज्ञवालीले गरेकी थिएन्। नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई ज्ञवालीले पद तथा गोपनीयताको शपथग्रहण गराइन्।