राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा सोमबार सर्वदलीय बैठक बस्दैछ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न सोमबार बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गरिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठक सिंहदरबारस्थित संसद सचिवालयमा रहेको सार्वजनिक लेखा समितिको हलमा बस्नेछ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी नेतृत्व (अध्यक्ष, सभापति) सहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए।
‘सर्वदलीय बैठकको सूचना सहितको आमन्त्रण अनुरोध प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूमा पठाइसकिएको छ,’ बुर्लाकोटीले भने, ’सबै दलबाट बैठकका लागि कन्फरमेसन भइसकेको छ।’
यसअघि सभामुख डोलप्रसाद अर्यालले दलका प्रमुख सचेतक, सचेतक लगायतलाई फोन गरेर सहजीकरणका लागि आग्रह गरेका थिए।
आजको बैठकमा सदनमा देखिएको गतिरोध लगायत अन्य राजनीतिक विषयमा छलफल हुने बताइएको छ।