रास्वपा गोरखा अध्यक्षमा सुवर्ण रोकाहा क्षेत्री विजयी भएका छन्।
आइतबार भएको अधिवेशनमा सर्वसम्मत नभएपछि प्रतिस्पर्धा भएको थियो।
अधिवेशनमा २८४ मत खसेकोमा सभापतिमा १७६ मतसहित क्षेत्री विजयी भए।
प्रतिस्पर्धामा उत्रिएका ध्रुव अधिकारीले १०५ मत ल्याएका थिए। क्षेत्री यसअघि पनि अध्यक्ष थिए।
उपसभापतिमा १६९ मतसहित सुकबहादुर तामाङ विजयी भए भने भेषबहादुर खड्काले १०५ मत ल्याएका थिए।
सचिव मिलन राना निर्विरोध चयन भए।
सहसचिव १५० मतसहित योगेन्द्रजङ्ग बस्नेत निर्वाचित भए,
राजेश्वर अंगाईले १२२ मत ल्याए।
खुला सदस्य पुरुषतर्फ सुमित गुरुङ निर्वाचित भएका थिए।