राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको सभापति पदमा सीता पराजुली विजयी भएकी छन्।
जिल्ला सभापतिको प्रतिस्पर्धामा उनी ९१ मतका साथ विजयी भएकी हुन्।
निकटतम प्रतिस्पर्धी दिनेश सुनारले ७५ मत ल्याए थिए।
अर्का प्रतिस्पर्धी महेन्द्र कुँवरले ३३ मत प्राप्त गरे।
हाल रास्वपाको महिला विभागमा रहेकी पराजुली यसअघि नेपाली कांग्रेसमा आबद्ध थिइन्।
नेविसंघ, तरुण दल र नेपाल महिला संघको जिल्ला सदस्य हुँदै उनी कांग्रेसको जिल्ला सदस्यसमेत बनेकी थिइन्।
उपसभापतिमा सहयोगी विसी, सचिवमा चिरन सुनार निर्वाचित भए।
सहसचिवमा लक्ष्मण भट्टराई निर्विरोध निर्वाचित भए।
सदस्यमा वेदराज घिमिरे, पिताम्बर सेजवाल र चुरामणि ढुंगाना र महिला सदस्यमा रमा पौडेल निर्वाचित भएका छन्।