प्रतिनिधि सभाको आजको बैठक सुरू भएको छ।
बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो १ बजे सुरू भएको हो।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकबाटै 'नेपालले पनि भारतको जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएका थिए।
उक्त अभिव्यक्ति पुष्टि हुने प्रमाण दिन वा रेकर्डबाट उक्त अभिव्यक्ति हटाउन प्रतिपक्षी दलहरूले माग गर्दै आएका छन्।
आजको बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए। एमाले संसदीय दल उपप्रमुख पद्मा अर्यालले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन आग्रह गरेकी छन्।
उनले सदन स्थगित गर्न पनि आग्रह गरेकी छन्।
लाइभ-