श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति प्रधानमन्त्री आफैले सच्याउनुपर्ने बताएका छन्।
परराष्ट्र मन्त्री वा अरू मन्त्रीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन खोजे त्यो मान्य नहुने पनि उनले बताए।
‘उहाँले भन्नुपर्ने कुरा परराष्ट्र मन्त्री वा अरू मन्त्री कसैले सच्याइदिने भन्ने कुरा सुनिरहेको छु, त्यो हामीलाई मान्य छैन। उहाँको मुखबाट निस्केको शब्द उहाँकै मुखबाट सच्याउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने।
प्रधानमन्त्री शाहले 'नेपालले पनि भारतको जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएका थिए।