नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले सरस्वती खड्कालाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।
कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार खड्कालाई सचेतकमा मनोनीत गरेका हुन्।
खड्का सामाजिक विकास राज्यमन्त्री पनि छिन्।
यसअघिका प्रमुख सचेतक विक्रमसिंह धामीले पदबाट राजीनामा दिए पछि खड्कालाई मनोनीत गरिएको हो।
सुदूरपश्चिममा कांग्रेसले मन्त्रीहरू हेरफेर तयारी गरेको छ। विक्रमसिंह धामी अब मन्त्री बन्ने तयारीमा छन्। स्रोतका अनुसार धामी अर्थमन्त्री बन्ने सम्भावना छ।
धामी मन्त्री बन्न लागेको र हालकी राज्यमन्त्री खड्कासहितका मन्त्री सरकारबाट बाहिरिन लागेका छन्।
सोमबार नै मन्त्रिपरिषदको बैठक पनि बसेको थियो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्ड २०८३ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ।
आजै नयाँ मन्त्रीहरू नियुक्ति र शपथको सम्भावना छ।