राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनी प्रदेशका १२ जिल्लाहरूमध्ये ११ वटा जिल्लामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ।
आठ वटा जिल्लामा मतदानमार्फत नेतृत्वको छिनोफानो भएको हो। तीमध्ये निर्वाचनमा भिडेर दुई जना महिला जिल्लाको नेतृत्वमा पुगेका छन्।
बर्दिया र अर्घाखाँचीमा निर्वाचनमार्फत महिला जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। प्रदेशका तीन जिल्लाहरूमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको थियो।
प्रदेशका पहाडी जिल्ला रोल्पा र पाल्पाका साथै नवलपरासी पश्चिममा पनि सहमतिमै जिल्ला नेतृत्व चयन गरिएको हो।
यी तीन जिल्ला बाहेक आठ जिल्लाहरू अर्घाखाँची, बर्दिया, कपिलवस्तु, प्यूठान, बाँके, दाङ, रूपन्देही र गुल्मीमा निर्वाचनमार्फत जिल्ला नेतृत्व चयन गरिएको हो।
लुम्बिनीको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा भने अधिवेशन भएको छैन। हाल अधिवेशन हुने सम्भावना पनि छैन।
अर्घाखाँची
निर्वाचनमा भिडेर अर्घाखाँचीको सभापतिमा सीता पराजुली निर्वाचित भएकी छन्।
मतदानबाट पराजुली ९१ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। पराजुली रास्वपामा प्रवेश गर्नुपूर्व नेपाली कांग्रेसकी नेता थिइन्। कांग्रेसभित्र विद्यार्थी कालदेखि राजनीति थालेकी उनले तरूण दल हुँदै पार्टीमा लामो समय काम गरेकी थिइन्।
उनका निकटतम प्रतिस्पर्धी दिनेश सुनारले ७९ र अर्का प्रतिस्पर्धी महेन्द्र कुँवरले ३३ मत मात्रै प्राप्त गरेका थिए।
त्यस्तै, उपसभापतिमा सहयोगी विसी ११६ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कमल मरासिनीले ८४ मत प्राप्त गरेका थिए।
सचिवमा चिरन सुनार १५० मत प्राप्त निर्वाचित भए। उनका प्रतिस्पर्धी यज्ञ पौडेलले ४३ मत प्राप्त गरे। सहसचिवमा भने लक्ष्मण भट्टराई निर्विरोध निर्वाचित भएका थिए। जिल्ला सदस्यहरूमा पिताम्बर सेजवाल, वेदराज घिमिरे, चुडामणि ढुंगाना र महिला सदस्यमा रमा पौडेल निर्वाचित भएका हुन्।
बर्दिया
रास्वपा बर्दियाको सभापतिमा शान्ता बुढा क्षेत्री मतदान मार्फत निर्वाचित भएकी छन्।
शनिबार भएको निर्वाचनको मत परिनाम अनुसार शान्ता १५८ मत प्राप्त गरि निर्वाचित भएकी हुन्। शान्त यसअघि पनि कार्यबाहक सभापति थिइन्। जिल्लाका संस्थापक सभापति विपिन पौडेलको हृदयघातका कारण निधन भएपछि शान्ता यसअघि पनि कार्यबाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
शान्ताका प्रतिस्पर्धी उदयबहादुर खत्रीले जम्मा ४६ मत मात्रै प्राप्त गरेका थिए।
त्यस्तै उपसभापतिमा दुर्गाप्रसाद थारू १५२ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी मुकेशकुमार थारूले जम्मा ३५ मत मात्रै प्राप्त गरेका थिए।
सचिवमा दिपकबहादुर बिसी १४७ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी लक्ष्मीप्रसाद न्यौपाने ५३ मत मात्र प्राप्त गरेका थिए। त्यस्तै सहसचिवमा १३१ मत प्राप्त गरी शरषचन्द्र तिवारी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रविन्द्र उपाध्यायले ६२ मत मात्रै प्राप्त गरेका थिए।
सदस्यतर्फ अर्जुन भण्डारी, हेमराज सुवेदी, अजित कुमार मल्ल, सोमबहादुर गुरुङ, रमेश अर्याल, विष्णु प्रसाद उपाध्याय, गिता खड्का र लिला पनेरु निर्वाचित भए।
कपिलवस्तु
रास्वपा कपिलवस्तुको जिल्ला नेतृत्व निर्वाचन मार्फत चुनियो।
शिवकुमार सुवेदी सुवेदीले २३५ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन्। यसअघि पनि उनी सभापति नै थिए। प्रतिस्पर्धी विक्रम थापाले जम्मा ६५ मत प्राप्त गरे।
उपसभापतिमा रामनिवास पुरी १८० मत प्राप्न गरि निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी चिरञ्जीवी आचार्यले ८२, अनुप मरासिनीले ३२ मत प्राप्त गरे।
सचिवमा यमलाल आचार्य २०९ मत प्राप्त गरी निर्वाचित भए। निकटतम प्रतिस्पर्धी गुरूदेव पौडेलले ६० र सुशिल खत्रीले ४४ मत प्राप्त गरे।
सहसचिवमा देवेन्द्रकुमार शर्मा १२३ मत प्राप्त गर विजयी हुँदा महोम्मद ईद मुसलमानले ९६, विलाल पौडेलले ४७ र कृति मल्लले ३२ मत प्राप्त गरेका थिए।
रविन कार्की, मुस्लिम क्लस्टरतर्फ मोहमद मोहसिन कमाल मतदान मार्फत निर्वाचित भएका थिए। अन्य सदस्यहरू भने सर्वसम्मत रूपमा चयन गरिएका थिए। जसमा महिला सदस्यतर्फ सीता सापकोटा, निर्मला सुनार, पार्वता भुसाल र कमला भुसाल छन्।
प्यूठान
रास्वपा प्यूठानको सभापतिमा विकास पोखरेल निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनबाट १५३ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी बमबहादुर सुनारले ४४ मत मात्रै प्राप्त गरेका थिए।
उपाध्यक्षमा १५९ मत प्राप्त गरी केशवबहादुर महतरा विजयी हुँदा प्रतिस्पर्धी दलबहादुर केसीले ३७ मत मात्रै पाएका थिए।
त्यस्तै, १०६ मत प्राप्त गरी यज्ञवीर पाण्डे सचिवमा निर्वाचित हुँदा बलबहादुर महतराले ८१ मत प्राप्त गरेका थिए। सहसचिवमा ओमहरि भट्टराई ११९ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी मदनकुमार पोख्रेलले ५० मत प्राप्त गरेका थिए।
सदस्यतर्फ शंकर भण्डारी, शिशिर रिजाल विशाल पौडेल, रेगमबहादुर पुरी निर्वाचित भएका थिए भने विमला रावल क्षेत्री, सीता थापा, विपना सुनार र खिमे सुनार भने निर्विरोध निर्वाचित भएका थिए।
यहाँ पोखरेल र सुनार छुट्टाछुट्टै प्यानल खडा गरी निर्वाचनमा होमिएका थिए।
बाँके
रास्वपा बाँकेमा विवेककुमार श्रेष्ठ सभापति बनेका छन्।
अन्तिममा उनी सर्वसम्मत रूपमा सभापतिमा चयन भएका हुन्। यहाँ सुरूमा सभापति पदका लागि चार जनाका बीचमा प्रतिस्पर्धा भएको थियो।
विवेककुमार श्रेष्ठ, आनन्दबाबु काफ्ले, हरपालसिंह केसी र विनोद अग्रहरी बीचको प्रतिस्पर्धा भएको थियो।
शनिबार भएको मतदानबाट श्रेष्ठले सबैभन्दा बढी ८५, काफ्लेले ५२, केसीले ३९ र अग्रहरीले ११ मत प्राप्त मात्रै प्राप्त गरेका थिए। कुनै पनि उम्मेदवारले बहुमत अर्थात ५१ प्रतिसत मत प्राप्त गर्न नसकेपछि पार्टीको बिधान अनुसार पुन: बढी मत ल्याउनेमध्ये दुई जनाको बीचमा निर्वाचन हुने अवस्था सृजना भएको थियो।
तर, सबैभन्दा बढी मत प्राप्त गर्ने श्रेष्ठ र काफ्लेका बीचमा भएको आपसी समझदारीमा काफ्ले श्रेष्ठलाई सभापति मान्न तयार भए पछि फेरि निर्वाचन गर्नु परेको थिएन।
त्यस्तै उपसभापतिमा निर्वाचन मार्फत ११९ मत प्राप्त गरि ईश्वरी लामिछाने निर्वाचित भए। प्रतिस्पर्धी रामकुमार विष्टले ६८ मत प्राप्त गरेका थिए।
शुभमकुमार गुप्ता १०० मत प्राप्त गरि सचिवमा निर्वाचित हुँदा प्रतिस्पर्धी बुद्धिसागर सुवेदीले ८९ मत प्राप्त गरेका थिए। यहाँ सहसचिव पदमा भने निर्वाचन गर्नु परेन। फारुक गुज्जर निर्विरोध भएका थिए।
ला सदस्य तर्फ यमुनाकुमारी थापामगर १४९, एकलाल थापा क्षेत्री १३८ र हेमराज बराल १२८ मत प्राप्त गरी निर्वाचित भएका थिए।
जातीय क्लष्टरतर्फ १२१ मत कमर जहाँ र दलित सदस्यतर्फ स्मृति नेपाली १४५ मतसहित निर्वाचित भएका थिए।
दाङ
रास्वपा दाङको नेतृत्व चुन्न दाङमा पनि निर्वाचन भयो।
मतदान मार्फत सभापतिमा ३१ वर्षीय किरण खनाल निर्वाचित भएका हुन्। खनालले १९६ मत प्राप्त गर्दा विनय घिमिरेले १२४ , पूर्व एसपी केदार रजौरेले ६ र किरणकुमार आचार्यले २ मत मात्रै प्राप्त गरेका थिए।
उपभापतिमा २२ वर्षका निराजन थापा २४० मत प्राप्त गरी निर्वाचित भए। प्रतिस्पर्धी सुनिता रावतले ८० मत प्राप्त गरिन्।
सचिवमा असिम भुसाल २०० मत प्राप्त गरी निर्वाचित हुँदा बलिराम खत्रीले १२३ मत प्राप्त गरे।
सहसचिव पदमा प्रमिला रोका मगर १८४ मत प्राप्त गरी निर्वाचित भइन्। निकतम प्रतिस्पर्धी दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गरे।
सदस्यहरूमा प्रतापविक्रम पुन मगर १८३, होताराम आचार्य १०४, अनन्ता चौधरी १०६, चुमान चौधरी ९९ मत प्राप्त गरी निर्वाचित भए। पवित्रा बिक भने निर्विरोध निर्वाचित भएकी थिइन्।
रूपेन्देही
रास्वपा रूपन्देहीको सभापतिमा निर्वाचनमार्फत् महेन्द्रप्रसाद उपाध्याय चापागाईं निर्वाचित भए। चापागाईंले २९६ मत प्राप्त गर्दा प्रतिस्पर्धी आशिष न्यौपानेले १४३ मत प्राप्त गरेका थिए। पराजित न्यौपाने यसअघि जिल्ला उपसभापति थिए।
त्यस्तै उपसभापतिमा दुर्गाप्रसाद खनाल २३८ मत प्राप्त गरी निर्वाचित हुँदा रचना क्षेत्रीले १८९ मत प्राप्त गरेकी थिइन्।
२३७ मत प्राप्त गरि सचिवमा ज्ञानेन्द्र पाण्डे निर्वाचित हुँदा मोहनविक्रम जिसीले २०३ मत प्राप्त गरेका थिए।
त्यस्तै सहसचिवमा बाबुराम अर्याल २७९ मत प्राप्त गरी निर्वाचित हुँदा प्रेमनारायण तिवारीले १४८ मत प्राप्त गरेका थिए।
जिल्ला सदस्यमा शर्मिला आचार्य ३२२, अनिता पन्थी २६७, जमुना सापकोटा १६०, रामनाथ हरिजन १७२ र राजबहादुर क्षेत्री २४० मत प्राप्त गरी निर्वाचित भए।
गुल्मी
गुल्मीमा पनि राश्वपाको जिल्ला नेतृत्व चुन्न मतदान भयो।
शनिबार भएको निर्वाचन बाट सभापतिमा हरि श्रेष्ठ ११८ मत प्राप्त गरि विजयी भए। प्रतिस्पर्धी महेश जिसीले ११३ मत प्राप्त गरे। उनी पाँच मतको अन्तरले पराजित भए।
उपसभापतिमा प्रगति राना मगर १२७ मत प्राप्त गरि विजयी भए। निकटतम प्रतिस्पर्धी निशेष श्रेष्ठले ९१ मत अर्का उम्मेदवार भरत पोखरेलले १४ मत प्राप्त गरे।
त्यस्तै सचिवमा देवराज पाण्डेले १८९ मत प्राप्त गरि निर्वाचित हुँदा प्रतिस्पर्धी निरज मरासिनीले ४० मत प्राप्त गरे। सहसचिवमा भने सागर पाण्डे निर्विरोध निर्वाचित भएका थिए।
महिला सदस्यमा माया जिसी १८५ मत र देवकला राना १३३ मत प्राप्त गरि निर्वाचित भए। पुरूष सदस्यमा भागवत गिरी ५९ मत र प्रेमबहादुर सुनार ४८ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
रोल्पा
रास्वपा रोल्पामा भने नेतृत्व चुन्न निर्वाचन गर्नु परेन। सर्वसम्मत नेतृत्व चयन भयो।
शनिबार लिबाङमा भएको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा बालाराम थापासहित सबै पदहरू सर्वसम्मत रूपमा चयन गरेको हो। उनी यसअघि जिल्ला तदर्थ समितिको उपाध्यक्ष थिए। थापा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पनि हुन्।
जसको उपसभापतिमा भुपेन्द्रसिंह वली, सचिवमा हिराबहादुर घर्ती मगर, सहसचिवमा बालाराम डाँगी र कोषाध्यक्षमा पिपला चन्द सेन चयन भएका छन्।
सदस्यहरूमा धर्मराज भण्डारी, महेश कुमार शर्मा, मुना डाँगी, हिरा खड्का र सन्दिप थापा मगर चयन गरिएका थिए।
पाल्पा
रास्वपा पाल्पाको जिल्ला नेतृत्वपनि सर्वसम्मत रुपमै चयन भयो।
सर्वसम्मत रुपमा सभापतिमा विष्णुप्रसाद भण्डारी चयन भएका हुन्। उनी यसअघि पनि तदर्थ समितिको सभापति थिए।
उपसभापतिमा सोमप्रसाद गैरे चयन गरिए। यसअघि पनि उनी उपसभापति थिए।
सचिवमा रामपुरका हरिप्रसाद न्यौपाने, सहसचिव दिलिप घिमिरे चयन भएका छन्।
सदस्यहरूमा दुर्गाकुमारी अर्याल, अविता नेपाली, दिपेन्द्र गाहा, प्रेम राना, ईश्वरी पोखरेल निर्विरोध भए।
नवलपरासी पश्चिम
नवलपरासी पश्चिममा पनि रास्वपाको जिल्ला नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।
जिल्ला अधिवेशनले रवि पाण्डेयको नेतृत्वमा सर्वसम्मत जिल्ला कार्यसमिति चयन गरेको हो। उनी यसअघि पनि कार्यबाहक सभापति थिए।
अधिवेशनले उपसभापतिमा रामप्रसाद अर्याल, सचिवमा अमर पाठक र सहसचिवमा राकेश गुप्ता चयन गरेको थियो।
अधिवेशनले दलित सदस्यमा ब्रमा लोहार, बहुल जातीयता सदस्यमा अरेन्द्रनाथ राय ठाकुरलाई चयन गरेको छ।
त्यस्तै, महिला सदस्यमा दिलकुमारी कुँवर, शारदा भट्टराई र प्रेमकला भट्टराई ढकाललाई चयन गरेको थियो।
रूकुम पूर्व
लुम्बिनीका १२ जिल्लामध्ये अब रूकुम पूर्वमा मात्रै जिल्ला अधिवेशन हुन बाँकी छ। तर, यहाँ तत्कालै जिल्ला अधिवेशन हुने सम्भावना देखिँदैन।
रास्वपाका लुम्बिनी प्रदेश सभापति तथा दाङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवराज पाठकका अनुसार तत्काल रूकुम पूर्वका जिल्ला अधिवेशन हुने छैन। पार्टीको नीति र विधान अनुसार जिल्ला अधिवेशनका लागि ३० प्रतिशत पालिका चाहिन्छ। तर, रूकुम पूर्वमा त्यो अवस्था छैन। त्यसैले हाल विद्यमान तदर्थ समितिले नै निरन्तरता पाउने छ। केन्द्रीय अधिवेशनपछि मात्रै रूकुम पूर्वमा अधिवेशन हुनेछ।
त्यहाँ २०८२ कात्तिक ८ मा प्रदेश सभापति पाठकको उपस्थितिमा भएको भेलाले लखनकुमार थापाको नेतृत्वमा १३ सदस्यीय जिल्ला तदर्थ समिति चयन गरेको थियो। जसको सचिवमा डिलबहादुर खड्का छन्।
सदस्यहरूमा रमन खड्का, टेकबहादुर खड्का, सन्देश बुढा, अरूण खड्का, भरत खड्का, भुपेन्द्र देवकोटा, जयराम सुनार, सुनिल मल्ल, सिर्जना शाही, बसन्त श्रेष्ठ, अञ्जल मल्ल सदस्यमा चयन गरिएका थिए।