प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलका सांसदहरूले आज प्रतिनिधि सभा बैठकमा ५ मिनेट मौनधारण गरेका छन्।
नेपाली कांग्रेसका सचेतक निश्कल राईले आफ्नो धारणा राख्ने क्रममा: ५ मिनेट कांग्रेस सांसदहरूलाई मौनधारण गर्न आह्वान गरेका थिए।
त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदहरूले उठेर मौनधारण गरेका छन्।
प्रधानमन्त्री बालेन शाहले 'नेपालले पनि भारतको जग्गा मिचेको रहेछ' भनेका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले आफ्नो ज्यानलाई आहुति दिएर नेपालको सीमा पूर्वमा चिवाभन्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराउने अमर सहिदहरूको आत्मसम्मान गिरेको निश्कलको भनाइ थियो।
‘आज ती अम्मर सहिदहरू, प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न आन्दोलन र क्रान्तिका सहिदहरू तथा सुशासन र जबाफदेहीताका लागि भएको जेनजी विद्रोहका सहिदहरूलाई हामी सम्झन चाहन्छौं, सम्मान प्रकट गर्दै कांग्रेसका सांसदहरू ५ मिनेट उभिएर मौनधारण गर्दछौं,’ उनले भने।
सभामुख डोलप्रसाद अर्यालले सभामुखले सभा चलाउने भए पनि सांसदले आफैले समय तोकेर 'मौनधारण' गरेको बताएका थिए।
यसअघिको संसदमा तत्कालीन जनमत पार्टीका सांसद सिके राउतले मौनधारण गर्न आह्वान गरेका थिए। उनले त्यसबेला मधेस आन्दोलनमा सहिद भएकाहरूको सम्झनामा मौनधारण गर्न आह्वान गर्दा केही सांसद उठेका थिए, केही उठेका थिएनन्।
आज कांग्रेसको आह्वानमा मौनधारण गर्दा सत्तापक्ष रास्वपाका सांसदहरू भने उठेका थिएनन्।
-1780992762.jpg)
-1780992762.jpg)
-1780992761.jpg)