प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको छ।
प्रतिपक्षी दलहरूको अडान र अवरोधबीच प्रतिनिधि सभा बैठक सभामुख डोलप्रसाद अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए। तर बैठक सुरू हुनु अगावै सूचना टाँसेर बैठक स्थगित गरिएको हो।
सीमाबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूले विरोध जारी राखेका छन्।
प्रधानमन्त्री शाहले 'नेपालले पनि भारतको जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएका थिए।
प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले प्रधानमन्त्रीले सीमबारे प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति पुष्टि हुने प्रमाण देखाउनुपर्ने नभए अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान राख्दै आएका छन्।
सत्तारूढ रास्वपाले परराष्ट्र मन्त्रालयले यसबारे प्रष्टाइसकेको र आवश्यक परे परराष्ट्र मन्त्रीले जबाफ दिने बताए पनि प्रतिपक्षी दलहरूले भने प्रधानमन्त्रीले नै अभिव्यक्ति सच्याउनुपर्ने अडान राखेका हुन्।