प्रतिनिधि सभाको आजको बैठक सुरू भएको छ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि समय सारिएको थियो।
बैठक सुरू हुनासाथ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बोलेका छन्।
प्रधानमन्त्री बालेन शाहले 'नेपालले पनि भारतको जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएपछि प्रतिपक्षी दलहरूले लगातार बैठक अवरूद्ध गर्दै आएका थिए।
यस विषयमा दलहरूबीच सहमति जुटेको दाबी भइरहेका छन् तर श्रम संस्कृतिले भने 'जसले गल्ती गरेको हो उसैले सच्याउनुपर्ने' अडान राखेको छ।
परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीका अभिव्यक्तिका विषयमा सदनमा स्पष्टीकरण दिने विषयमा सहमति जुटेको बताइएको छ।
लाइभ-