परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रतिनिधि सभा बैठकमा जबाफ दिइरहेका छन्।
प्रधानमन्त्री बालेन शाहले जेठ १९ गते संसदको रोस्ट्रमबाट नेपालले पनि भारतको जमिन मिचेको रहेछ भनेका थिए।
प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका थिए।
लगातारको विरोधपछि बुधबार दलहरूबीच त्यसमा परराष्ट्र मन्त्रीले जबाफ दिने सहमति जुटेको थियो।
सोही अनुसार विपक्षीले अवरोध खोल्ने र परराष्ट्र मन्त्रीले जबाफ दिने तय भएको थियो।
लाइभः