सभामुख डिपी अर्यालले विभेद गरेको भन्दै श्रम संस्कृति पार्टीले रोष्ट्रम अगाडि आएर नाराबाजी गरेको छ।
बुधबार प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई बोल्न नदिएको भन्दै विरोध गरेका हुन्।
सभामुख अर्यालले विपक्षी दलका नेताहरूलाई बोल्न समय दिएका हुन्। त्यसरी बोल्नका लागि समय दिँदा साम्पाङले नाम नटिपाएको भन्दै समय दिएका थिएनन्।
तर अन्य प्रतिपक्षी दलका नेताहरूले बोलिसकेपछि साम्पाङले आफूले पनि बोल्न समय पाउनुपर्ने माग गरे।
यसरी समय माग गरेपछि सभामुख अर्यालले समय दिएनन्।
यसो हुँदा श्रम संस्कृति पार्टीले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेको हो। यसबीच सभामुख अर्यालले संसद भने अघि बढाएका छन्।
यस्तै साम्पाङले सदन सुरूको बेला भने आफ्नो धारणा राखेका थिए।
-1781091992.jpg)
-1781091992.jpg)
-1781091991.jpg)
-1781091991.jpg)
-1781091990.jpg)
-1781091991.jpg)
-1781091990.jpg)
-1781091991.jpg)
-1781091990.jpg)
-1781091991.jpg)
-1781091990.jpg)
-1781091989.jpg)
-1781091989.jpg)