राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेशको पहिलो अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले ११ बजेबाट सुरू हुँदैछ।
नेतृत्व चयनका लागि पहिलो चरणको निर्वाचनअन्तर्गत बुधबार मतदान भएको थियो। करिब ९०१ मतदाता रहेकामा ७०२ मत खसेको छ।
पहिलो चरणको निर्वाचनमा सभापति सहित ६१ सदस्य चुनिनेछन्। सभापतिले जित्न ५१ प्रतिशत मत ल्याउनुपर्नेछ। आवश्यक मत नल्याएमा बढी मत ल्याउने दुईजनाबीच प्रतिस्पर्धा हुनेछ।
सभापतिमा चारजनाबीच प्रतिस्पर्धा भएको छ। सभापति पदका लागि गोमा तामाङ, चन्द्रकुमार गौली, खगेन्द्र कटुवाल, चन्द्रबहादुर राईले उम्मेदवारी दिएका छन्। सदस्यमा १५६ जना हाराहारी उम्मेदवारी परेको छ।
‘यहाँ मतगणनाको तयारी भइरहेको छ। हामी छलफलमै छौं,’ सदस्यकी प्रत्यासी विन्दु सिटौला (लक्क) ले जानकारी दिइन्।
दोस्रो चरणमा बाँकी पदाधिकारीको निर्वाचन हुनेछ। प्रदेश सदस्यहरूले नै बाँकी पदाधिकारीमा उम्मेदवारी दिन पाउनेछन्।