गृहमन्त्री सुधन गुरूङले माइतीघरमा विभिन्न मुद्दा बोकेर धर्ना बसेकाहरूसँग भेटेका छन्।
बिहीबार दिउँसो पौने ४ बजेतिर उनी काठमाडौंको माइतीघर मण्डल पुगेका हुन्।
माइतीघरमा पुगेर मन्त्री गुरूङले विभिन्न मुद्दा बोकेर प्रदर्शनरत व्यक्तिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
माइतीघरमा जबरजस्ती करणीका पीडितहरू प्रदर्शनमा छन्।
त्यस्तै, चुरे संरक्षण, सरकार कोठा खाली छ जस्ता माग राखेर पनि प्रदर्शन गरिरहेका छन्।