नेकपा (एमाले) को संविधान पुनरावलोकन तथा सुझाव कार्यदलको बैठक सुरू भएको छ।
बैठक आजदेखि सुरू भएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको हो।
कार्यदलमा संयोजक विष्णु पौडेल तथा सदस्यहरू रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र डा. राजेन्द्र घिमिरे छन्।
बैठकले सुझाव तयारी पार्टी पार्टीमा बुझाउने छ। त्यहीअनुसार धारणा बनाएर बहसमा लैजानेछ।