नेकपा एमालेका नेता विजय सुब्बाले अन्ततः एमाले सक्ने भयौ हैन? भन्दै प्रश्न गरेका छन्। एमालेभित्र पुनर्गठनको प्रश्न पेचिलो बनिरहेका बेला निर्वाचन आयोगका प्रमुखसमेत रहेको सुब्बाले गम्भीर आत्मसमीक्षा र नेतृत्व पुनर्गठनको विषयमा बोल्नुपर्नेमा को कतापट्टि भन्ने बहस सुरू भएको भन्दै आश्चर्य प्रकट गरेका छन्।
‘गम्भीर आत्मसमीक्षा र नेतृत्व पुनर्गठनको विषयमा बोल्नुपर्नेमा को कतापट्टि भन्ने कुरा सुरू गरेर अन्ततः एमाले सक्ने भयौ हैन?,’ उनले भनेका छन्।
शनिबार गुण्डुमा नेता–कार्यकर्ता बोलाएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई ‘लोभीपापी’को संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउनसक्ने बताएका थिए। बागमती प्रदेशका नेता–कार्यकर्तासँग पुनर्गठन कार्यदलले छलफल गरेलगत्तै अध्यक्ष ओलीले केही केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीलाई गुण्डु बोलाएका थिए। त्यहाँ उनले मध्यरातसम्म पुनर्गठन कार्यदलको बैठकमा भएको छलफलबारे जानकारी लिएका थिए।