राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार असार ४ गते मध्याह्न साढे १२ बजे बैठक बस्नेछ।
केन्द्रीय समितिको एजेन्डालगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।
प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठक असार ५ र ६ गते बस्दैछ। यसपटकको केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशनकेन्द्रित हुने र बैठकले महाधिवेशनको मिति तोक्ने उनले बताए।
महामन्त्री रहेका धवल शम्शेर राणालगायत विभिन्न तहका १८६ जना नेताहरूले पार्टी परित्याग गरेपछि पहिलो पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो।