नयाँ पार्टी खोल्नुअघि दुर्गा प्रसाईं र धवल शम्शेर राणाले २४ वटा समिति गठन गरेका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरेका प्रसाईं र राप्रपा परित्याग गरेका राणा मिलेर नयाँ पार्टी गठन तयारी गरेका छन्।
उनीहरूले मलमासका कारण पार्टी घोषणा रोकिएको बताएका थिए। असार १ देखि मलमास सकिइसकेको छ।
उनीहरूले पार्टी खोल्नुअघि त्यसको तयारी गर्न विभिन्न समितिहरू पनि बनाएका छन्।
प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचायत्मक कार्यक्रम गरिसकेका उनीहरूले विभिन्न समिति बनाएका हुन्।
कार्यदल समिति संयोजकमा मुकुन्द श्याम गिरी, वार्ता समिति संयोजकमा राजु आचार्य, सचिवालय समिति संयोजकमा सगुन सुन्दर लावती, विधान मस्यौदा समिति संयोजकमा माधव कल्पित, आर्थिक समिति संयोजकमा दिलविकास भण्डारी, जेनजी संयोजन समिति संयोजकमा दिपिका भट्ट, सञ्चार समिति संयोजकमा क्षितिज सापकोटा, कानुनी परामर्श समिति संयोजकमा महेन्द्रजंग शाहीलाई जिम्मेवारी दिइएको हो।
साथै प्रशिक्षण विभाग संयोजकमा पुष्प अधिकारी, झण्डा, नाम तथा चुनाव चिह्न समिति संयोजकमा मुकुन्द श्याम गिरी, महिला संयोजन समिति संयोजकमा अञ्जना शाह रावल, युवा विभाग संयोजकमा फणीराज लोहनी, भूपू सैनिक समिति संयोजकमा प्रकाशजंग कार्की, अन्तर्राष्ट्रिय सम्पर्क समिति संयोजकमा निराजन प्रसाईं, नागरिक सुरक्षा समायोजन समिति संयोजकमा दुरेन राई, साँस्कृतिक विभाग संयोजकमा दिनेश पाख्रिन, युवा संगठन संयोजकमा निराजन बम, प्रवास विभाग संयोजकमा शशी सिलवाल, मजदुर संगठन समिति (ट्रेड युनियन) संयोजकमा चिरागमान सिंह कुँवर, खेलकुद समायोजन समिति संयोजकमा दमन बस्नेत, सुकुम्बासी समायोजन समिति संयोजकमा नरेन्द्र लामा, सुझाव संकलन समिति संयोजकमा कर्णबहादुर शाही, वित्तीय समस्या समाधान समिति (लघुवित्त, मिटरब्याज, बैक सहकारी) संयोजकमा देवी संग्रौला, वातावरण समिति संयोजकमा पवित्रा सुब्बा श्रेष्ठ चयन भएका हुन्।